बारीमा घाँस काटन जादा अरिङगालले टोकेर रामेछापमा ७५ बर्षिय मगरको मृत्यु



११ भदौ, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिका–४ कल्लेरीमा बारीमा घाँस काटन जाने क्रममा अरिङ्गगालले टोकेर एक जनाको मृत्यु भएको छ । हिजा ( शुक्रवार) साँझ पर्दा पनि घरमा नआएपछि खोजी गर्ने क्रममा बारीमा अरिङ्गालले टोकेर बेहोस अवस्थामा परिवारका सदस्यले फेला पारेर थप उपचारको लागि अस्पताल लैजाने क्रममा कल्लेरीका टेक बहादुर सिंगाजी मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलबाट धोवी अस्पतालमा उपचार हुन नसकेपछि राती थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमा नै निधन भएको हो । अरिङ्गलले मृतक मगरको सबै भागमा टोकेको कारण मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्