रामेछापमा कांग्रेसको विवाद मिल्यो, भयो यस्तो सहमति



११ भदौ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापभित्रको आन्तरिक विवाद मिलेको छ । चुनावी अभियानको क्रममा रामेछाप आएका केन्द्रीय सदस्य हरिशरण नेपालीको रोहवरमा आन्तरिक विवाद मिलेको हो ।
यसअघि सभापति पूर्ण बहादुर तामाङ कान्छाराको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै पूर्व सभापति एवं रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानेको नेतृत्वमा असन्तुष्ट समुहले पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापतिको विरुद्ध उजुरी दिएका थिए ।

आज मन्थलीमा बसेको जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधिसहितको बैठकले सभापति तामाङले आफ्नो कार्यशैली सच्याउने र असन्तुष्ट पक्षले अबदेखि पार्टीभित्रको विवाद पार्टीभित्र नै समाधान खोज्न सहमति भएको छ ।
कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले विगतमा देखिएका कमीकमजोरीको समिक्षासहित सहमतिको साथ अघि बढने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्