माओवादीले टुंगो लगायो बागमती प्रदेशका जिल्लामा चुनावी कमाण्डर, रामेछापको चुनावी कमाण्डरमा श्रेष्ठ



१२ भदौ, रामेछाप ।

नेकपा माओवादी केन्द्रले बागमतीका जिल्लाहरुमा चुनावी कमाण्डरको टुंगो लगाएको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको तयारीका लागि चुनावी कमाण्डर तोकेको हो । माओवादी केन्द्र बागमती प्रदेशको आइतबार बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकले चुनावी कमाण्डर तोकेको छ । बैठकले निर्वाचन क्षेत्रलाई लक्षित गरेर चुनावी कमाण्डर बनाएको छ । चितवको चुनावी कमाण्डरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रको चुनावी कमाण्डर रेनु दाहाल तोकिएकी छिन् । चितवन क्षेत्र नम्बर १ को चुनावी कमान्डरमा कञ्चन खनाल, क्षेत्र नम्बर २ मा घनश्याम दाहाल कमाण्डर तोकिएका छन् ।

काठमाडौंको १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल, ८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई चुनावी कमाण्डरको जिम्मेवारी दिएको छ ।

भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा २ को कमान्डरमा दिलीप प्रजापति चयन भएका भने ललितपुरमा क्षेत्र नम्बर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र क्षेत्र नम्बर ३ मा हरि दाहाल र पद्मा राईलाई कमाण्डर बनाउने निर्णय गरेको माओवादी बागमती प्रदेश समितिले जनाएको छ । धादिङमा भने शालिकराम जम्कट्टेल एक्लैलाई चुनावी कमाण्डर बनाइएको छ भने काभ्रे जिल्लामा सूर्यमान दोङ र रुकु चौलागाई, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलाललाई चुनावी कमाण्डर बनाएको छ।

दोलखामा देवी खड्का र रामेछापमा श्यामकुमार श्रेष्ठ चुनावी कमाण्डर बनेका छन् । सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझी, मकवानपुरको क्षेत्र नम्बर १ मा विजय गौतम र क्षेत्र नम्बर २ मा कुमारी मोक्तान, नुवाकोटमा हितबहादुर तामाङ क्षेत्र नम्बर १ र विमला सुवेदी क्षेत्र नम्बर २ का लागि चुनावी कमाण्डर बनाइएका छन्।

प्रतिक्रिया दिनुहोस्