डाँका मुद्दामा ६ बर्ष जेल सजाय सुनाइएपछि फरार रामेछाप तिल्पुङका तामाङ तीन बर्षपछि पक्राउ



१३ भदौ, रामेछाप ।
डाँका मुद्दामा ६ बर्ष एघार महिना जेल सजाय सुनाएपछि फरार लिखुतामाकोसी गाउँपालिका–५ तिल्पुङडाँडाका २३ बर्षिय भक्त बहादुर तामाङलाई प्रहरीले तीन बर्षपछि पक्राउ गरेको छ । मुन्जु तामाङले जिल्ला अदालत रामेछापमा दिएको मुद्दाको आधारमा तामाङले डकैती गरेको फैसला अदालतले गरेको छ । अदालतले झण्डै सात बर्ष जेल सजाय र ७० हजार रुपैयाँ जरिवार फैसला गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार तीन बर्षदेखि फरार तामाङलाई विशेष सूचनाका आधारमा मन्थलीको देवकोटा चोकबाट पक्राउ गरिएको हो । प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जटा शंकर यादबको कमाण्डकको प्रहरी टोलीले खोजी गर्ने क्रममा आइतवार देवकोटाचोकमा हिडीरहेको अबस्थामा पक्राउ गरीएको प्रहरीले बताएका छ । प्रहरीका अनुसार तामाङलाई आवश्यककारवाहीको लागी जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्