रामेछापमा पनि रवि लामेछानेले स्वतन्त्र पार्टी विस्तार गर्दै, एक हजार जना सहभागी हुने दावी



१३ भदौ, रामेछाप ।
रवि लामेछानेको नेतृत्वमा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले रामेछाप पनि संगठन विस्तार गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले यही भदौ १६ गते रामेछापको सदरमुकाम मन्थलीमा पार्टीको पहिलो जिल्ला भेला तथा पार्टीको समिति विस्तार आयोजना गरेको हो । भेलाका लागि रवि लामेछानेका समर्थक युवाहरु जुटेका छन् ।

स्वतन्त्र पार्टीको केन्द्रीय सभापति आउने कार्यक्रममा करिब एक हजार जनाको सहभागीता हुने अनुमान गरिएको समर्थक रमेश रायमाझीले रामेछाप न्युजलाई बताए । जिल्ला पार्टीको नयाँ बन्ने समितिमा बस्न चाहनेहरुलाई कार्यक्रममा सहभागी हुन पनि समर्थक युवाहरुले आग्रह गरेका छन् । स्वतन्त्र पार्टीले भदौ १६ गते मन्थलीमा कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्