कुलमान घिसिङ संघीय चुनाव लडने तयारीमा, रामेछाप रोज्लान कि काठमाडौं ?



१४ भदौ, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राजीनामा दिएर संघीय चुनाव लडने गृहकार्यमा लाग्नु भएको छ । उनले संघीय चुनाव लडनका लागि नेकपा माओवादी केन्द्रसँग अनौपचारिक छलफल समेत अघि बढाएको माओवादीका एक नेताले दावी गरेका छन् । उनलेका अनुसार चुनाव लडने विषयमा माआवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र घिसिङको विषयमा संवाद समेत भइसकेको छ ।

तर औपचारिक रुपमा घिसिङले चुनाव लडने विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । घिसिङ रामेछाप वा काठमाडौं क्षेत्र नम्बर ३ मध्य एक ठाउँबाट चुनाव लडने तयारी भएको बताइएको छ ।

रामेछाप आफ्नो गृह जिल्ला भएको कारणले पनि काठमाडौं भन्दा रामेछाप नै रोज्ने सम्भावना रहेको बताइएको छ । सत्ता गठबन्धनबीच हालसम्म भएको सिट बाँडफाँडको मोडालिटी अनुसार विगतमा संघको निर्वाचनमा माओवादीले जितेकाले यस पटक पनि संघको टिकटमा दावी गर्दै आएका छन् । रामेछाप सुनापति गाउँपालिका–४ बेथान स्थित डहु निवासी घिसिङ रामेछाप पनि लोकप्रिय छवी बनाएका छन् । रामेछापबाट निर्वाचन लडेको अवस्थामा सहजै निर्वाचन जित्ने अंकगणितको विषयमा समेत गृहकार्य भएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्