चुनावमा उम्मेदवार बन्न प्रस्ताव आएको छ, मैले कुनै निर्णय लिएको छैनः कुलमान घिसिङ



१५ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक दलहरुले आफूलाई आगामी संघको निर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको खुलासा गरेका छन् । उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि कांग्रेस एमाले र माओवादी लगायतका दलबाट प्रस्ताव आएको खुलासा गरेका हुन् ।
रामेछाप न्युजसँग कुराकानी गर्दै कार्यकारी निर्देशक घिसिङले भने,‘संघीय चुनावमा उम्मेदवार बन्न प्रस्ताव आएको छ, मैले पनि निर्णय गरेको छैन ।’ आफ्नो ध्यान अहिले प्राधिकरणलाई अझै राम्रो बनाउनेमा केन्द्रीत रहेको बताउदै चुनावका लागि राजनीतिक दलहरुले चासो राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्