रामेछापमा दुई उम्मेदवारका लागि कांग्रेसभित्र ६४ जनाको दावी, यी हुन दावी गर्ने नेताहरु (नामसहित)



१६ भदौ, रामेछाप ।
रामेछापको दुई वटा प्रदेश निर्वाचन क्षेत्रका लागि नेपाली कांग्रेसभित्र ६४ जनाको उम्मेदवारीमा दावी गरेका छन् । बुधबार बसेको दुवै प्रदेश समितिको बैठकमा ६४ जना नेताहरुले उम्मेदवारका लागि दावी गरेका हुन् । पार्टीले निर्धारण गरेको मापदण्ड र योग्यता पुगेका उम्मेदवारहरुबाट टिकटका लागि ठूलो संख्यामा दावी परेको छ ।

प्रत्यक्षका लागि उम्मेदवारीमा दावी गर्नेहरुमा पार्टीका उपसभापति लेखबहादुर कार्की, सचिव दीपक खडका, आङदेण्डी शेर्पा, उज्लराम घिमिरे, केदार विक्रम खडका, कृष्ण बहादुर महत, गजेन्द्र बहादुर कार्की, झपडराज भण्डारी, नरबहादुर थापामगर, निरोज खडका, भिमसेन वस्नत, युवराज भट्टराई, भोजराज खड्का, महेश कुमार कार्की, रत्न कुमार कार्की, रामकृष्ण खडका, रमेश खडका, शम्भु प्रसाद घिमिरे र सुवास चन्द्र महत रहेका छन् ।

समानुपातिकतर्फ उम्मेदवारी दावी गर्नेहरुमा अन्जु अधिकारी, उर्मिला कार्की, कल्पना खडका, कुमारी हायु, केदार बहादुर कार्की, गेल्जे शेर्पा, जमुना कार्की, ज्योती सुनुवार, धुव्र मगराती, वासेदेव कार्की, विमला वाग्ले, लिला सुनुवार, शिव श्रेष्ठ, सृजना खडका र सन्ध्या धताने रहेका छन् ।
प्रदेश ख मा समानुपातिकतर्फ अर्जुन केसी, केशव चालिसे, जित बहादुर मगर, टिकाराज आरण, डिक बहादुर तामाङ, धुव्रहरि ढुंगेल, धुव्र लामा, नारायण बहादुर खडका, भरत प्रसाद चौलागाई, रत्नहरि ढुंगेल, भुवन कुमार खडका, राजनारायण श्रेष्ठ, वीरबहादुर तामाङ, केशव बहादुर केसीले उम्मेदवारको लागि दावी गरेका छन् ।

त्यसैगरी प्रदेश ख तर्फ समानुपातिकमा उत्तम श्री मोक्तान, गंगा कुमारी अधिकारी, चन्द्र बहादुर वाइवा, कृष्ण बहादुर तामाङ, जितेन्द्र मोक्तान, झनक बहादुर श्रेष्ठ, मिना कुमारी कार्की, ढाल बहादुर मगर, रविन कुमार लामा, बलबहादुर परियार, रामकुमारी डाँगी, विनिता खडका, सकुन्तला त्रिपाठी, शरद कुमार लामा, निर्माण माझी र ज्ञानु श्रेष्ठले उम्मेदवार बन्नको लागि आफ्नो दावी प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्