संघको टिकटको लागि रामेछाप कांग्रेसबाट पाँच जनाको नाम सिफारिस (नामसहित)



१८ भदौ, रामेछाप ।
आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनको लागि नेपाली कांग्रेस रामेछापले प्रत्यक्षतर्फ पाँच जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । आज बसेको कांग्रेसको बैठकले सभापति पूर्णबहादुर तामाङ कान्छारामसहित पाँच जनाको नाम सिफारिस गरेको हो ।
संघको टिकटको लागि सिफारिस हुनेहरुमा सभापति तामाङ, पूर्व सभापति रामचन्द्र खड्का, नारायण बहादुर बोगटी, कुमार श्रेष्ठ र एकराज वस्नेत रहेको पार्टी सचिव दीपक खड्काले रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्