संघको समानुपातिकतर्फ रामेछाप कांग्रेसबाट नौ जनाको नाम सिफारिस (नामसहित)



१८ भदौ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले आगामी संघको निर्वाचन अन्र्तगत समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस गरेको छ । आज बसेको कांग्रेसको बैठकले नौ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । समानुपातिक उम्मेदवारको लागि दावी गर्नेहरुको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय भएको कांग्रेस रामेछापका सचिव दीपक खड्काले जानकारी दिए । उनका अनुसार समानुपातिकतर्फ सिफारिस हुनेहरुमा संविधानसभा सदस्य आङटावा शेर्पा, नेता ग्याज्जे लामा शेर्पा, पूर्व महाधिवेशन प्रतिनिधि, मुक्त बहादुर महते, पूर्व महाधिवेशन प्रतिनिधि डा. सुमन कर्माचार्य, पूर्व महाधिवेशन प्रतिनिधि विद्यासागर योञ्जन, नेता सुरेन्द्र कुमार घिसिङ,हिमाल दास र नेता सुशीला मिश्र र मञ्जु पुर्वे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्