रामेछापमा दुई प्रदेशसभा निर्वाचनका लागि एमालेका १३ जनाको दावी (नामसहित)



१९ भदौ, रामेछाप ।
आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनको लागि रामेछापको दुई प्रदेश सभाका लागि नेकपा एमालेका १३ जना नेताहरुले उम्मेदवारका लागि दावी गरेका छन् । आज सदरमुकाम मन्थलीमा बसेको एमालेको बैठकमा प्रदेश सभा क मा आठ र प्रदेश सभा ख मा ५ जनाले उम्मेदवारमा दावी गरेका हुन् ।

नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीका अनुसार प्रदेश क अन्तर्गत वर्तमान प्रदेशसभा सदस्य शान्ति पौडेल,
कुमार कार्की, बुद्धिबहादुर कार्की, उद्धव कडरिया, परशुराम वस्नेत, अर्जन कार्की, केशर पौडेल, अनिल कार्की रहेका छन् ।
त्यसैगरी प्रदेश ख बाट प्रेम बहादुर तामाङ, भुवन विक्रम घिमिरे, इन्द्र बहादुर तामाड, मिलन कुमार घिसिड र रविन्द लामा रहेको कार्कीले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्