रामेछापका एमाले नेता कमल चौलागाई अस्पताल भर्ना



१९ भदौ, काठमाडौं ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री कमल प्रसाद चौलागाई अस्पताल भर्ना भएका छन् । उनलाई निमोनिया संक्रमण भएको कारण अस्पताल भर्ना भएका हुन् । एमालेको सहकारी तथा गरिबी निवारण विभाग प्रमुख समेत रहेका चौलागाईको हाल काठमाडौंको तीनकुने स्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । एमाले रामेछापका नेता ज्ञान कुमार योञ्जनका अनुसार चौलागाईको अवस्थामा सुधार हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्