संघको टिकटका लागि एमाले रामेछापबाट पाँच जनाको नाम सिफारिस (नामसहित)



२० भदौ, रामेछाप ।
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि रामेछापबाट पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको जिल्ला कमिटीको बैठकले रामेछापका जिल्ला इन्चार्ज पूर्व बागमती प्रदेशका अर्थ मन्त्री कैलाश ढुंगेलसहित पाँच जनाको नाम सिफारिस गरेको हो ।

बैठकले एमालेका पोटिब्यूरो सदस्य कमल चौलागाई, केन्द्रीय सदस्य माधव ढुंगेल, नेता रत्न गौतम र केशर बहादुर बुढाथोकीलाई संघको प्रत्यक्षतर्फ नाम सिफारिस गर्ने निर्णय गरेको हो । एमाले जिल्ला इन्चार्ज कैलाश ढुंगेलले उम्मेदवारमा दावी गर्नेहरुको नाम टिकटको लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्