रामेछापको तामाकोसी नदीमा पौडी खेल्ने क्रममा १९ बर्षिय माझीको मृत्यु



२१ भदौ, रामेछाप ।
रामेछापको तामाकोसी नदीमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । सोमवार खाँडादेवी गाउँपालिका–४ कुचिघाटका रामकुमार माझीको मन्थली नगरपालिका–७ ओडोर स्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । १९ बर्षिय माझीको डुबेर मृत्यु भएको घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्