रामेछापका कांग्रेस नेता खड्का निधन



२२ भदौ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका नेता शिवहरि खड्काको आज बिहान निधन भएको छ । रामेछाप सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानी स्थित डाँसे निवासी खड्काको आज बिहान निधन भएको हो । काठमाडौंको कपनबाट उपचारको लागि अस्पताल लैजाने क्रममा उहाँको बाटोमै मृत्यु भएको थियो । अहिले उहाँको शवलाई पोष्ट मार्टम गर्नको लागि त्रिवी शिक्षण अस्पतालमा लगिएको छ । परिवारका अनुसार आजै उहाँको दाहसंस्कार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्