संघको टिकटको लागि माओवादी रामेछापबाट ६ जनाको नाम सिफारिस (नामसहित)



२२ भदौ, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । दुई सम्म मन्थलीमा बसेको माओवादी जिल्ला समन्वय समितिको बैठकले संघको टिकटको लागि ६ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा रामेछापको प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठ, पोलिटब्यूरो सदस्य युवराज चौलागाई, संविधानसभा सदस्यद्धय डिल्लीमान तामाङ, लक्ष्मी गुरुङ र कमानसिंह मोक्तानलाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ । त्यसैगरी संघतर्फ उद्धव रम्तेल, नरेश बाबु श्रेष्ठ, श्याम नारायण श्रेष्ठ, सुनिता गौतम र श्री बहादुर माझीलाई सिफारिस गर्ने निर्णय गरिएको नेता अम्बिका प्रसाद गजुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्