रामेछापका श्रेष्ठले जिते मलेसियामा स्वर्ण पदक, चिनाए देशको नाम



२२ भदौ, काठमाडौं ।
मलेसियामा सम्पन्न तेक्वान्दो खेलमा रामेछापका मनोज श्रेष्ठले स्वर्ण पदक जितेका छन् । रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–५ सिम्पानी निवासी श्रेष्ठले मलेसियामा भएको खेलमा पाँच जनालाई पछि पार्दै स्वर्ण पदक जित्न सफल भएका हुन् । यसअघि अन्र्राष्ट्रिय स्तरको खेलमा सहभागी भएपनि अन्तर्राष्ट्रिय रुपमा १८ बर्षिय श्रेष्ठले पहिलो पटक स्वर्ण पदक जितेका हुन् ।

स्वर्ण जितेका श्रेष्ठसहितको टोली आइतवार नै स्वदेश फिर्ता भएको छ । स्वर्ण पदक जितेका मनोज श्रेष्ठले अन्तर्राष्ट्रिय रुपमा स्वर्ण पदक जितेर नेपाललाई चिनाउन पाउदा आफू निकै खुसी भएको रामेछाप न्युजलाई बताए । उनले यो खुसी रामेछापवासीसँग समेत बाँडन चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्