रामेछापमा गठबन्धनबाट बन्ने उम्मेदवारलाई जिताउनु पर्छः सचिव खड्का



२२ भदौ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सचिव दिपक खड्काले आगामी निर्वाचनमा गठबन्धनभित्र जसले टिकट लिएर आउने उम्मेदवारलाई जिताउने बताएका छन् । उनले केन्द्रको निर्देशन अनुसार जिल्लामा गठबन्धनमा रहेको जुन पार्टीले टिकट लिएर आएपछि एकताबद्ध भएर जिताउनु पर्ने बताएका हुन् । सचिव खडका्ले आगामी प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा पार्टीका नेता कार्यकर्ता एकताबद्ध भएर लाग्नु पर्ने बताउदै पार्टीभित्रको असन्तुष्टि समाधान भएको बताए ।
जनताको साथमा कांग्रेस अभियान अन्तर्गत उमाकुण्ड गाउपालिकामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खडकाले भने,पार्टी अहिले एकताबद्ध भएको छ, पार्टीभित्र कहिले काही विवाद हुन्छन, विवादको समाधान गर्ने नेतृत्व पनि रामेछापमा छ, अब निर्वाचनमा एकताबद्ध भएर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नु पर्छ ।’
एमालेले पटक–पटक संविधान मास्ने काम गरेकाले अहिले कांग्रेससहितका दलहरुबीच गठबन्धन भएको बताउदै निर्वाचनमा गठबन्धनका उम्मेदवार हनुे भएकाले जिताउन कार्यकर्तालाई निर्देशन दिए ।
उक्त कार्यक्रममा महाधिवेशन प्रतिनिधि झपडराज भण्डारी, स्थानीय तह निर्वाचनका कांग्रेस उम्मेदवार जित बहादुर कटुवाल, उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष सबित्री सुनुवार लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्