रामेछापबाट प्रदेश सांसद रहेकी माझीद्धारा पार्टी परित्याग गरेको घोषणा



२६ भदौ, काठमाडौं ।
राप्रपाबाट बागमती प्रदेशको सांसद रहेकी रिता माझीले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । आज एक विज्ञप्ती जारी गर्दै उनले आजबाट राप्रपाको साधारण सदस्य समेत नरहेको घोषणा गरेकी छिन् । राप्रपाको निर्वाचित केन्द्रीत सदस्य समेत रहेकी माझी गत निर्वाचनमा राप्रपाबाट रामेछाप जिल्लाबाट बागमती प्रदेश सभा सदस्य भएकी थिइन ।
पार्टीले सही नेतृत्व नपाएको बताउदै उनले आज एक विज्ञप्ती जारी गर्दै पूर्वाग्रही सोचबाट सिंगो पार्टी अघि बढन नसक्ने देखेर आफूले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
J0sCBeMVfXxl, SaHgCTsCGXhlP8L, WZVC2, 4x3tDgassqCR6v, q3IVI5gPIi, GAlQP0c, SaddlfQ, ZBss, bVNS39YphVQIv, Mxvp2X