उमाकुण्ड गाउँपालिका–७ का वडाअध्यक्ष नेवारले कुटपिट गरेको भन्दै महिलाद्धारा प्रहरी कार्यालयमा उजुरी



२६ भदौ, रामेछाप ।
उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणि नेवारको विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी परेको छ । गाउँमा भइरहेको एक भेलाको सार्वजनिक कार्यक्रममा वडा अध्यक्ष नेवारले कुटपिट गरेको भन्दै स्थानीय केशरीमाया नेवारले प्रहरीमा उजुरी दिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजु प्रसाद ढकालले वडाअध्यक्ष रुद्रमणि नेवारको विरुद्ध महिलाले आज उजुरी दर्ता गराएको रामेछाप न्युजलाई बताए । उनका अनुसार वडाअध्यक्ष नेवारलाई यस विषयमा छलफलको लागि प्रहरी कार्यालयमा बोलाइएको छ ।
यस विषयमा बुझन खोज्दा वडाअध्यक्ष नेवारसँग सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्