दलित मुक्ति मोर्चा सुनापति गाउँपालिकाको अध्यक्षमा तोलाङ्गे निर्वाचित



२७ भदौ, रामेछाप ।
नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा सुनापति गाउँपालिकाको प्रथम भेलाबाट सुनिल तोलाङ्गे निर्वाचित भएका छन् । सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा आज सम्पन्न अधिवेशनबाट तोलाङ्गे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
भेलाबाट उपाध्यक्षत्रयमा तुला बहादुर नेपाली, बिमला रम्तेल र रेशम कोइराला, सचिवमा कविन्द्र नेपाली, सहसचिवद्धयमा शिव बहादुर सेन्चुरी, तेज बहादुर नेपाली, कोषाध्यक्षमा रिता धमला रहेको ४५ सदस्यीय कमिटी गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्