सत्ता गठबन्धनबीच सिट बाँडफाँडमा सहमतिः रामेछापमा कांग्रेस–माओवादी दुवै दलको दावी



२९ भदौ, काठमाडौं ।

सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँडमा सहमति जुटेको छ । प्रतिनिधिसभाको १६५ वटा निर्वाचन क्षेत्र मध्य केही स्थान बाहेक अधिकाश निर्वाचन क्षेत्रमा सहमति जुटेकाे छ ।   आज भएको शीर्ष तहको सहमति अनुसार रामेछाप र दोलखाको प्रतिनिधिसभाका लागि कांग्रेस–माओवादीबीच बाँडफाँट हुनेछ । दोलखामा कांग्रेसले लिएको अवस्थामा रामेछापमा माओवादीले दुवै प्रदेश सभाको टिकट लिनेछ भने रामेछापमा कांग्रेसले प्रतिनिधिसभाको पाएको अवस्थामा दोलखामा कांग्रेसले प्रदेशसभा निर्वाचन क्षेत्र पाउनेछ ।

प्रतिनिधिसभाको टिकटको लागि कांग्रेस र माओवादीबाट उम्मेदवार सिफारिस भएका नेताहरु दौडधुपमा लागेका छन् । माओवादीले विगतमा निर्वाचन जितको आधारमा यस पटक पनि टिकट पाउनु पर्ने दावी प्रस्तुत गरेको छ भने कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफूहरु जिल्लामा पहिलो दल भएकाले प्रतिनिधिसभा टिकटमा दावी प्रस्तुत गरेको छ । गत प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन हुँदा कांग्रेसले ६ हजार मतले पराजित भएको थियो ।

यस पटक संघको टिकटको लागि कांग्रेसबाट पूर्णबहादुर तामाङ कान्छाराम, नेता रामचन्द्र खड्कासहित ६ जनाको नाम सिफारिस भएको छ भने माओवादीबाट प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठ, नेता युवराज चौलागाई, संविधानसभा सदस्य डिल्लीमान तामाङसहितका नेताहरुको नाम सिफारिस भएको छ । यसैबीच नेकपा एकीकृत समाजवादीबाट पनि  जिल्ला इन्चाज देवशकर पाैडेल, नेता हाेम बुढाथाेकी लगायतका नेताहरुकाे नाम   संघको टिकटका लागि सिफारिस भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्