रामेछापमा एकै पटक ठूलो संख्यामा जागिर खुल्यो (सूचनासहित)



३१ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा एकै पटक ठूलो संख्यामा जागिर खुलेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयले करिब साढे पाँच सय जनालाई म्यादी प्रहरीमा भर्ना गर्ने प्रक्रिया अघि बढाएको हो ।
प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय रामेछापले हिजोबाट म्यादी प्रहरी बन्नको लागि आवेदन लिन सुरु गरेको छ । हिजो र आज मात्र साढे दुई सय जना भन्दा बढीले म्यादीमा भर्ना हुनको लागि आवेदन दिएका छन् । स्थानीय तहको निर्वाचनमा ९२६ जना म्यादी प्रहरी भर्ना गरेको प्रहरीले यस पटक साढे नौ सय जनालाई भर्ना गर्ने बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजु प्रसाद ढकालले भदौ ३० गतेबाट असोज ६ गतेसम्म म्यादी प्रहरीमा भर्ना हुनको लागि आवेदन दिन सक्ने समय रहेको बताए । उनले भने,‘म्यादी प्रहरीमा भर्ना हुनको लागि आवेदन दिने क्रम बढदो रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्