राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रामेछापका १४ विद्यालय छानिए, यी हुन छनोट भएका विद्यालयहरु (नामसहित)



२ असोज, रामेछाप ।
सरकारले यस आर्थिक बर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रामेछापका १४ वटा विद्यालय छनोट भएका छन् । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट रामेछापका १४ विद्यालय छनोट गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रलेद्धारा जारी विज्ञप्तीमा छनोटमा परेका विद्यालयहरुमा कार्यक्रम कार्यान्वयन सम्बन्धी बिस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तिय हस्तान्तरण हुने क्रममा रहेको जनाइएको छ ।
यस बर्ष रामेछाप जिल्ला अन्तर्गत गोकुलगंगा गाउँपालिकामा२ वटा, खाँडादेवी गाउँपालिकामा २ वटा लिखु तामाकोशी गाउँपालिकाका २ वटा, रामेछाप नगरपालिकामा २, मन्थली नगरपालिकामा २, दोरम्बा शैलुङ् गाउँपालिकामा २ वटा र सुनापति गाउँपालिकामा २ विद्यालय छनोट भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिकाभित्र रहेका कुनै पनि विद्यालय यस कार्यक्रममा समावेश भएको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्