कुलमान घिसिङ सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित



२ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित भएका छन् । संविधान दिवशको अवसरमा उनलाई ऊर्जा क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै पदकबाट विभुषित गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार आयोजित विशेष कार्यक्रममा घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभुषित गरिन् । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल पनि सुप्रबल जनसेवाश्री पदकबाट सम्मानि भएका छन् । उनलाई विद्युत वितरणको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

यस्तै, प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारी, आर्थिक विश्लेषण विभागका निर्देशक जयराज भण्डारी तथा २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाका प्रमुख चन्दनकुमार घोष पनि सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्