काठमाडौंमा हराएको मोटरसाईकल रामेछापमा भेटियो, मोटरसाइकल पाएपछि महर्जनले भने–स्यावास प्रहरी



३ असोज, रामेछाप ।
काठमाडौंमा हराएको मोटरसाइकल रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाबाट जिल्ला प्रहरी कार्यालयले फेला पारेको छ । साउन महिनादेखि हालसम्म सञ्चालन गरिएको चोरीको मोटरसाईकल तथा प्रयोग गर्ने मानिस नियन्त्रणमा लिने विशेष अभियान अन्तर्गत रामेछाप जिल्ला भित्रको विभिन्न स्थानहरूबाट चोरीको मोटरसाईकल पक्राउ गर्ने कार्यलाई प्रहरीलाई निरन्तरता दिएको छ । प्रहरीले पक्राउ गरेको मोटरसाइल सम्बन्धि मोटरसाईक धनी पत्ता लगाएर हस्तान्तरण समेत गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापले एक महिनाको अवधिमा एक दर्जन भन्दा बढी मोटरसाइकल पक्राउ गरेर सम्बन्धी धनी पत्ता लगाएर प्रदान गर्दै आएको छ । सोही क्रममा प्रहरीले नियन्त्रणमा लिएको मोटरसाईको धनी काठमाडौं महानगरपालिका–७ का संजय महर्जनको मोटरसाईकल प्रहरीले प्रदान गरेको छ । बागमती प्रदेश ०२– ७५ प २९३५, २२० सिसीको मोटरसाईकल २०७८ साल मा काठमाडौंको चाहविलमा पार्किङ गरेकै अवस्थाबाट हराएको थियो । प्रहरीले हराएको मोटरसाईकल खोज्ने क्रममा केही साता अघि रामेछाप गोकुलगंगा गाउँपालिका–३ बेतालीमा बेबारिसे अवस्थामा फेला परेको थियो । उक्त मोटरसाइकल धनी महर्जनले आफ्नो मोटरसाइकलको कागजातसहित दावी गरे बमोजिम प्रमाण पुगेकाले मोटरसाईकल हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजु प्रसाद ढकालले रामेछाप न्युजलाई जानकारी दिए । मोटरसाईकल पाएपछि महर्जनले नपाउने आशामा बसेपछि प्रहरीले फेला पारेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्