जिल्ला अस्पताल रामेछापमा पहिलो पटक सञ्चालनमा आयो ब्लड बैंक



३ असोज, रामेछाप ।
जिल्ला अस्पताल रामेछापमा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ । अस्पतालमा शल्यक्रिया  सेवा सुरु भएसँगै अस्पतालले ब्लड बैंक सञ्चालनमा आएको हो ।
२५वटा वेड सञ्चालनमा रहेको अस्पतालमा हाल दैनिक १५ जना भन्दा बढी बिरामी भर्ना हुने गरेका छन् । आज संविधान दिवसको अवसर पारेर रक्तदान कार्यक्रमकोबीच ब्लड बैंकको रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानेले उदघाटन गरेका हुन् । अस्पतालको आयोजनामा रक्तदान कार्यक्रममा चासिल जनाले रक्तदान गरेका थिए ।

जिल्ला अस्पताल रामेछापका सिनियर अहेव एवं सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले अस्पतालमा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको बताए । उनका अनुसार ब्लड बैंकमा एक पटकमा पचास पाउण्ड भन्दा बढी रगत संकलन गर्न सकिनेछ । ब्लड बैंक सञ्चालन गर्नको लागि नगरपालिकाले आर्थिक सहयोग समेत गरेको छ । श्रेष्ठले रामेछाप न्युजसँग भने,‘अस्पतालको विभिन्न खालका शल्यक्रिया सेवा सञ्चालनमा गरेको छ, अब शल्यक्रिया गर्ने बिरामीहरुको लागि रगतको जोहो गर्न सहज भएको छ ।’

प्रतिक्रिया दिनुहोस्