असाेज ९ गते रामेछाप सांस्कृतिक साँझ हुँदै, यी हुन सहभागी हुने कलाकारहरु (नामसहित)



६ भदौ, काठमाडौं ।
कला संस्कृतिको संरक्षण गर्ने मुख्य उदेश्यसहित ‘रामेछापको सान कला संस्कृति हाम्रो पहिचान’ भन्ने नाराको साथ रामेछाप सांस्कृतिक कलाकार समाजले यही असाेज ९ गते रामेछाप सांस्कृति साँझको आयोजना गरेको छ । राजधानी काठमाडौंको काटेश्वस्थित होटल एवान पार्टी प्यालेसमा सांस्कृतिक साँझको आयोजना गरेको हो ।


रामेछाप सांस्कृतिक कलाकार समाजका अध्यक्ष अध्यक्ष कुमार कार्कीलेले रामेछापवाट काठमाडौं आएर बिभिन्न पेशा, व्यवसायमा आवद्ध रामेछापका नागरिकहरुलाई नेपालीहरुको महान पर्वको अवसर पारेर कार्यक्रम आयोजना गरिएको बताए । उनले भने,‘कला संस्कृतिको संरक्षण गर्ने कार्यमा कलाकारको महत्वपूर्ण भूमिका रहदै आएको छ, हामीले सांस्कृतिक कार्यक्रम मार्फत त्यही सन्देश दिन खोजेका छौं ।’ कार्यक्रममा रामेछापमा जन्मिएर राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारसहित ख्यातिप्रप्त गायक, गीतकार, मोडल, कलाकारहरुको उपस्थिति रहने उनले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्