म्यादी प्रहरी बन्न रामेछापमा १३६६ जनाले दिए आवेदन, दुइ सय मात्र फेल हुने



६ असोज, रामेछाप ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि रामेछाप जिल्लामा १३ सय ६६ जनाले आवेदन दिएका छन् । भदौ ३० गतेदेखि आजसम्म उक्त संख्यामा आवेदन परेको हो । स्थानीय तहको निर्वाचनको भन्दा यस पटक आवेदन दिनको सख्या कम भएको छ । गत स्थानीय तहको निर्वाचनमा नौ सयको संख्यामा म्यादी प्रहरीको माग हुँदा १७ सय भन्दा बढीले आवेदन दिएका थिए ।

तर यस पटक झण्डै साढे एघार सयको लागि आवेदन माग गर्दा १३ सय ३३ जनाको मात्र आवेदन परेको हो । आवेदन दिएकाहरुलाई भोलीबाट नै सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालय रामेछापले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले भर्ना प्रक्रिया भोलीबाट अघि बढाइने र दशैपछि मात्र तालिम सुरु हुने रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्