चुनावको मुखमै रामेछापका सिडियो पहाडीको सरुवा, नयाँ सिडियोमा रेग्मी आउने



१० असोज, रामेछाप ।
निर्वाचनको मुखमै रामेछापका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीको सरुवा भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चिर्वाचनको मुखमा पहाडीको सरुवा भएको हो । नयाँ सिडियोको रुपमा रामेछापमा अब शोभाकर रेग्मी आउने भएका छन् । रामेछापमा झण्डै एक बर्ष रहेका पहाडीले विवादित कुनै पनि काम नगरेपनि सुधारको पक्षमा पनि कुनै काम गरेनन् । उनलाई सोमवार जिल्ला प्रशासन कार्यालय रामेछापमा आयोजित एक कार्यक्रमकोबीच विदाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्