रामेछापको सित्खामा विभत्स हत्या प्रकरणः यी हुन पक्राउ पर्ने २३ जना (नामसहित)



१० असोज, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित सित्खामा करिब ५५ बर्षीय बिबी माझीको विभत्स हत्या गरेको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्नको लागि १६ जना पुरुष र ७ जना महिलालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरेको हो । पक्राउ परेकाहरुले प्रहरी समक्ष पितृ चढेको मानिसहरूले पितृ चढेपछि के के भयो, के के गर्‍यो, घटना के कसो भएको भन्ने केही कुरा थाहा नभएको बयान दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले प्रारम्भिव अनुसन्धानको क्रममाा अन्धविश्‍वासको कारण यस घटना घटेको देखिएको रामेछाप न्युजलाई बताए ।

यी हुन पक्राउ पर्नेहरु

  • जिल्ला रामेछाप खाँडादेवी गा.पा.-३ सित्खा बस्ने वर्ष १९ को राजेश माझी
  • ऐ.ऐ.स्ने वर्ष १७ की सपना माझी
  • ऐ.ऐ.बस्ने वर्ष १७ की मनिषा माझी
  • ऐ.ऐ.बस्ने वर्ष १६ की सबिना माझी
  • ऐ.ऐ.बस्ने वर्ष २६ को धन बहादुर माझी
  • ऐ.ऐ.बस्ने वर्ष १६ को सिरिस भन्ने राम कुमार माझी
  • ऐ.ऐ.बस्ने वर्ष २३ की बिन्दा माझी
  • ऐ.ऐ.बस्ने वर्ष १९ को भरत माझी (सानो)
  • ऐ.ऐ.बस्ने वर्ष २० को सुरज माझी
  • ऐ.ऐ.बस्ने वर्ष ४० की राधिका माझी
  • ऐ.ऐ.बस्ने वर्ष ३७ को शिब बहादुर माझी
  • ऐ.ऐ.बस्ने वर्ष २२ की सिर्जना माझी
  • ऐ.ऐ.बस्ने वर्ष २४ को भरत माझी (ठुलो)
  • ऐ.ऐ.बस्ने वर्ष २४ को कुमार माझी
  • ऐ.ऐ.बस्ने वर्ष २४ को उदय बहादुर माझी
  • ऐ.ऐ.बस्ने वर्ष २४ को पुसमान माझी
  • ऐ.ऐ.बस्ने वर्ष ३२ को सुक्र बहादुर माझी
  • ऐ.ऐ.बस्ने वर्ष १९ को रामहरी माझी
  • ऐ.ऐ.बस्ने वर्ष ३० को विज्ञान माझी
  • ऐ.ऐ.बस्ने वर्ष ५४ को धर्म बहादुर माझी
  • ऐ.ऐ.बस्ने वर्ष २६ को सुक्रे माझी
  • ऐ.ऐ.बस्ने वर्ष २९ को राजु माझी
  • ऐ.ऐ.बस्ने वर्ष २० की संगिता माझी

प्रतिक्रिया दिनुहोस्