खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ को विमोचन



काठमाडौं ११ असाेज। ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकको विमोचन तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । राजधानीको मिनभवनस्थित थाहाँ लाइब्रेरीको हलमा एक भव्य कार्यक्रमकाबीच एचबी खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकको विमोचन तथा समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक डा. उत्तम खनालले पुस्तकमार्फत आफ्नो कलमको सुरुवात गरेकामा लेखक खत्रीलाई बधाई र सफलताको शुभकामना व्यक्त गरेका छन् । यसमा भएका कमकमजोरीलाई सुधार्दै अघि बढे अझ सुनमा सुगन्ध हुने उनको भनाई थियो । त्यस्तै कार्यक्रममा बोल्दै प्राध्यापक डा. गोपी लाल न्यौपानेले पुस्तक समयसापेक्ष भएको बताए ।

कार्यक्रममा लेखक खत्रीले उपस्थित सबैलाई धन्यवाद दिदै लेखकको धर्म लेख्नु र बाँकी प्रतिक्रियाका लागि आजबाट पुस्तकलाई पाठकको जिम्मामा लगाएको बताएका थिए । सोही कार्यक्रममा विश्व किर्तिमानी गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर चित्र कुमार कार्कीले गिनिज बुकको तर्फबाट मायाको चिनो स्वरुप मेडल प्रदान गरेर लेखकलाई सम्मान एवं हौसला प्रदान गरेका थिए ।  कार्यक्रममा लेखक, समाजसेवी, पूर्वसरकारी अधिकारीहरु लगायत विभिन्न क्षेत्रका बिशिष्ट व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्