सित्खामा बृद्धाको हत्या प्रकरणः थुनामा रहेका माझीहरु कामेर हैरान, ११ जनालाई छोडियो



१२ असोज, रामेछाप ।
खाँडादेवी गाउँपालिका–३ भिरपानी स्थित सित्खामा गत आइतवार विभत्स ढंगले ५५ बर्षीय बिबी माझीको हत्या गरिएको आरोपमा पक्राउ परेका २३ जनाले हिरासतमै कामेर हैरान बनाएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले घटनाको विषयमा सोधपुछ गर्नको लागि पक्राउ परेकाहरु आइतवार साँझ र सोमवार दिउसोसम्म नै कामेका थिए ।

पक्राउ परेका मध्ये ११ जनालाई प्रहरीले पछि पुनः आउने शर्तमा रिहा गरेको छ भने बाँकी १२ जनालाई भने हिरासतमै राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । एक प्रहरी अधिकृतले रामेछाप न्युजसँग भने,‘पक्राउ परेकाहरु पितृ आए भन्दै सुरुको दिनमा कामेका थिए, अहिले कामने क्रम रोकिएको छ, हामी अनुसन्धान गरिरहेका छौं । बयानको क्रममा माझीको आफूहरुले नभई पितृले मारेको जवाफ दिएका छन् । प्रहरीले भने अन्धविश्वासको कारण बृद्धाको मृत्यु भएकाले घटनामा संलग्न सबैलाई कारवाही हुने जनाएको ।

यसैबीच घटनामा परी घाइते भएकी बिबी माझीकी आमाको भने मन्थली अस्पतालमा भइरहेको छ । उनको अवस्था सुधार भइरहेको प्रहरील बताएको छ । उनको अवस्था सुधार भएपछि घर फर्कनसक्ने अवस्था नरहेकाले प्रहरीले खाँडादेवी गाउँपालिकासँग उनको बसोबासको लागि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्