रामेछापमा संघको टिकको लागि कांग्रेस–माओवादीको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?



१३ असोज, रामेछाप ।
सत्ता गठबन्धनले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि सिट बाँडफाँडको टुंगो लगाएको छ । तर एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापको भने अझै टुंगो लागेको छैन् । सत्ता गठबन्धनले रामेछापलाई दुवै दलको दावी रहेको लिष्टमा राखेका छन् । कांग्रेस रामेछापले स्थानीय तहको निर्वाचनमा पाएको मतको आधारमा आफ्नो पार्टी पहिलो रहेकाले संघको टिकट पाउनु पर्ने दावी पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राख्दै आएको छ ।

यता माओवादीले पनि विगतमा निर्वाचन जितेको आधारमा संघको टिकट पाउनु पर्ने दावी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राख्दै आएको छ । रामेछापबाट दुवै दलबाट आएको दावीको आधारमा अहिले पनि केन्द्रले रामेछापको टुंगो लगाउन सकिरहेको छ । दोलखामा माओवादीले संघको टिकट पाए रामेछापमा कांग्रसले संघ पाउने छ भने रामेछापमा माओवादीले पाए दोलखामा कांग्रेसले संघ लिनेछ । फरक–फरक जिल्लामा निर्वाचन हुने भएपनि सिट बाँडफाँडमा कांग्रेस र माओवादीबीच दोलखा र रामेछापबीच लेनदेन हुने भएको छ ।

कांग्रेसले टिकट पाएको अवस्थामा पार्टी सपभाति पूर्णबहादुर तामाङ कान्छाराम यस पटक पनि टिकट लिने तयारीमा छन् । कांग्रेसबाट रामचन्द्र खडका पनि टिकटको लागि लविङमा छन् । त्यसैगरी माओवादीबाट यस पटक प्रतिनिधिसभा टिकटको लागि सांसद श्याम कुमार श्रेष्ठ, नेता युवराज चौलागाई र संविधानसभा सदस्य डिल्लीमान तामाङबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्