काे हुन रामेछाप हाँक्ने नयाँ सिडियो रेग्मी ?



१३ असोज, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दीपकुमार पहाडीको सरुवा भएसँगै नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा शोभाखर रेग्मीले कार्यभार सम्हालेका छन् । रामेछापमा प्रमुख जिल्ला  अधिकारी छोटोछोटाे समयमा सरुवा भए पनि पहाडी भने विवादमा नपरी एक बर्ष रामेछापमा विताएर सरुवा भएका छन् ।

रामेछापमा सह–सचिव रहने व्यवस्था रहेपनि यस पटक नयाँ प्रजिअको रुपमा आएका रेग्मी भने उप–सचिव हुन् । नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष समेत रहेका रेग्मी गृह मन्त्रालयबाट प्रजिअको रुपमा रामेछापमा आएका हुन् । स्याङजा घर भएका रेग्मी केही समय अघि मात्र उत्कृष्ट निजामती सेवा पुरस्कार २०७९बाट सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्