सालीलाई बलात्कार गरेको आरोपमा रामेछापका थापा पक्राउ



१३ असोज, रामेछाप ।
एक किशोरीलाई बलात्कार गरेको आरोपमा रामेछाप उमाकुण्ड गाउँपालिका–३ कुँभुकाँस्थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाइट बस्दै आएका ३९ वर्षीय जयन्त थापा पक्राउ परेका छन् । १९ वर्षीय सालीलाई जबरजस्ती करणी गरेको आरोपमा भक्तपुर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार गत मंगलबार पक्राउ परेका उनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

थापाले ती युवतीलाई भदौ २१ गते बलात्कार गरेर फरार रहेका थापाले प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बलात्कारपछि उनी फरार भएको किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टी एमाले उमाकुण्डका नेता एवं युवा संघका केन्द्रीय सदस्य समेत रहेका थापाका दुई सन्तान बुबा समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्