रामेछापमा सम्भावित सवारी दुर्घटना राेक्न प्रहरीको उदाहरणीय काम



१६ असोज, रामेछाप ।
रामेछाप जिल्लाभित्र दशैको समयमा कुनै पनि सवारी दुर्घटना हुन नदिनको लागि प्रहरीले सवारीको चेकजाँच अभियान सञ्चालन गरेको छ । अधिकांश ग्रामिण सडक भएकाले सम्भावित सवारी दुर्घटना हुन नदिनका लागि यान्त्रिक अवस्था चेकजाँच गर्ने कार्यलाई अभियानकै रुपमा अघि सारेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहलमा मेकानिकल प्रबिधिक टिम द्वारा ५० ओटा भाडाको सवारी साधनहरुलाई यान्त्रीक परिक्षण गरीएको हो ।

अभियान अन्र्तगत यात्रु तथा चालक सह–चालकलाई बेला बेलामा यान्त्रिक परीक्षण नगर्दा हुने दुर्घटना सम्बन्धी चेतनामूलक कार्यक्रम समेत गरिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले सवारी साधनमाथि दशैको समयमा सम्भावित दुर्घटना रोक्नका लागि जिल्लाभर अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्