रामेछापमा ११ लाख नगद र मोटरसाईकल लिएर भारतीय नागरिक फरार भएपछि…….



१८ असोज, रामेछाप ।
रामेछापमा एक व्यापारीको ११ लाख नगद लिएर भारतीय नागरिक ममता शेख फरार भएका छन् । सदरमुकाम मन्थलीमा लामो समयदेखि कपडा पसल सञ्चालन गर्दै आएको गुप्ता बस्त्रालयमा कार्यरत बजारबाट उठाएको नगद ११ लाख ५० हजारसहित फरार भएका हुन् । बस्त्रालय सञ्चालन गर्दै आएका राकेश गुप्ताले आइतवार बेलुकासम्म पनि पसलमा नआएपछि खोजी गर्दा उनी फरार भएको जानकारी पाएको बताए । उनका अनुसार फरार भएका भारतीय नागरिकले ७० हजारको चेक र एउटा मोटरसाइकल समेत लिएर फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले व्यापारी राकेश गुप्ताले दिएको उजुरीको आधारमा कलडिटेल अनुसार खोजतलास गर्दा नाका क्रस गरेको अनुमान गरिएको रामेछाप न्युजलाई बताए । प्रहरीका अनुसार भारतको बंगाल घर भएका शेखको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्