रामेछापमा संघको टिकट कांग्रेसको पोल्टामा, दुई वटा प्रदेशमा माओवादीको दावी



१८ असोज, रामेछाप ।
आगामी मंसिर ४ गते हुने प्रतिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केही निर्वाचन क्षेत्र बोहक सत्ता गठबन्धनमा सिट बाँडफाँडको टुंगो लागि सकेको छ । गठबन्धनले संघको टिकट अन्तर्गत दोलखा र रामेछापमा बाँडफाँड गर्ने निर्णय लिएको थियो । एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा कांग्रेसले टिकट पाउदा दोलखामा स्वतः माओवादीले पाउने सहमति भएको छ ।

सिट बाँडफाँड अन्तर्गत दोलखा माओवादीले लिएको अवस्थामा रामेछाप कांग्रेसले लिने सैद्धान्तिक सहमति भभएको थियो । रामेछाप न्युजलाई स्रोतले दिएको जानकारी अनुसार रामेछापमा संघटको टिकट कांग्रेसले लिएको छ । सहमति अनुसार कांग्रेसले संघ लिदा दुई वटा प्रदेश निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले दावी गरेको छ । सुरुमा संघमा दावी गरेको माओवादीले अन्ततः कांग्रेसलाई संघ छोडेर दुई वटा प्रदेश रोज्ने निर्णयमा पुगेको छ । गत निर्वाचनमा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रले संघको निर्वाचन जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्