दस दिनमा दशै मान्न रामेछापमा २६ हजार भित्रिए



१८ असोज, रामेछाप ।
रामेछापमा दशै मान्नको लागि नौ दिनको अवधिमा मात्र २६ हजार भन्दा बढी भित्रिएका छन् । करिब तीन हजार सवारी साधन प्रवेश गरेको रामेछापमा २६ हजार भन्दा बढी यात्रु भित्रिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङका जिल्ला प्रवेश गर्ने मुख्य सेलेघाट नाकासहितका नाकाबाट झण्डै २६ हजार भन्दा बढी यात्रुहरु जिल्ला प्रवेश गरेको रामेछाप न्युजलाई जानकारी दिए । उनले सम्भावित सवारी दुर्घटना रोक्नका लागि सवारी साधनको इन्जिनको चेकजाँच र चालकलाई थप सचेत बनाउने कार्य हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्