रामेछापको सबै सीमा नाकामा सिसी क्यामेरा जडान गछौंः डिएसपी थिङ



१९ असोज, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी राजकुमार थिङले निर्वाचन अघि नै रामेछापका मुख्य नाकाहरुमा सिसी क्यामेरा जडान गर्ने तयारी रहेको बताएका छन् । उनले सुरक्षाको दृष्टिकोणले पनि जिल्लाका मुख्य नाकाहरुमा सिसी क्यामेरा जडान आवश्यक रहेको बताउदै उनले मुख्य नाकामा आगामी मंसिर ४ गते अघि नै सिसी क्यामेरा जडानको लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताएका हुन् ।


रामेछाप न्युजसँग कुराकानी गर्दै डिएसपी थिङले भने,‘सेलेघाट सित्खा लुभुघाट मन्थलीसहितका नाकामा सिसी क्यामेरा जडान भइसकेको छ, अब रामेछाप बजार, सेलेघाट र खिम्ती बजार क्षेत्रमा सिसी क्यामेरा जडानको तयारीमा छौं ।’ मन्थली बजारमा हाल पचास भन्दा बढी सिसी क्यामेरा सञ्चालनमा रहेको बताउदै जिल्लामा सिसी क्यामेरा जडानको संख्या बढाउनुको विकल्प नरहेको बताए । सुरक्षा संवेदनशिलताको दृष्टिकोणबाट पनि प्रविधिको प्रयोगको अधिकताम प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताउदै स्थानीय तहसँगको सहकार्यमा जिल्लाको मुख्य नाकामा सिसी क्यामेरा जडान गरेर निगरानी बढाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्