रामेछापमा कांग्रेसबाट कसले पाउदैछ संघको टिकट ?



१९ असोज, रामेछाप ।
सत्ता गठबन्धनबीच भएको सहमति अनुसार रामेछापमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले संघको टिकट लिने करिब निश्चित भएको छ । कांग्रेसले संघ लिदा दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र भने नेकपा माओवादी केन्द्रले दावी गरेको छ । त्यसैगरी सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीले पनि प्रदेश ‘क’ आफूहरुले पाउने पर्ने दावी अघि सादै आएको छ ।

एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा कांग्रेसबाट पार्टी सभापति पूर्ण बहादुर तामाङ कान्छाराम र पूर्व पार्टी सभापति रामचन्द्र खडका टिकटको दौडमा रहेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनसँग करिब ६ हजार मतले पराजित भएका पार्टी सभपाति तामाङ यस पटक गठबन्धनबाट टिकट लिने गरी लागेका छन् । त्यसैगरी नेता रामचन्द्र खडका पनि टिकटको दौडमा रहेका छन् । दुई नेता मध्ये गठबन्धनबाट एक जनाले संघको टिकट लिने भएका छन् । स्रोतका अनुसार पार्टी सभापति तामाङले नै गठबन्धनबाट संघको टिकट लिने करिब पक्कापक्की भएको छ । तामाङ पार्टी सभपाति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट भएर काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्