रामेछापमा एमालेबाट तीन नेता मध्ये कसले पाउँदैछ संघको टिकट ?



१९ असोज, रामेछाप ।
दशैंको टिका लगाएसँगै राजनीतिक दलका नेताहरु आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको टिकट पाउनको लागि दौडधुपमा लागेका छन् । नेताहरुहरु दल बलसहित टिकटको लागि शीर्ष नेताहरुलाई मनाउने कार्यमा जुटेका छन् । रामेछापमा पनि टिकटको लागि नेताहरु दौडधुपमा लागेका छन् । सत्ता गठबन्धनको तर्फबाट यस पटक संघको टिकट कांग्रेसले लिने सहमति भएको बताइएको छ । सत्ता गठबन्धनमा संघ कांग्रेसको लिदा दुई वटा प्रदेशसभा निर्वाचनको लागि माओवादीका नेताहरुबीच दौडधुप सुरु भएको छ ।
यसैबीच नेकपा एमालेभित्र पनि संघको टिकटको लागि आन्तरिक प्रतिस्पर्धा तीब्र देखिएको छ । संघको टिकटको लागि नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज एवं बागमती प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री साथै केन्द्रीय सदस्य कैलाश ढुंगेल, केन्द्रीय सदस्य माधव ढुंगेल, नेता रत्न गौतम प्रतिस्पर्धामा रहेका छन् । गत प्रदेशसभाको निर्वाचनमा निर्वाचित भएर जिल्लाको विकासको लागि राम्रो काम गरेको भन्दै कैलाश ढुंगेल यस पटक संघको टिकट पाउनु पर्ने लविङमा छन् ।

त्यसैगरी यस पटक माधव ढुंगेल पनि टिकट पाउनका लागि दौडधुपमा लागेका छन् । गत निर्वाचनमा रामेछाप प्रदेश ख बाट टिकट पाउने चर्चा रहेर पनि अन्तिम समयमा टिकट नपाएका रत्न गौतम पनि यस पटक प्रदेश छोडेर संघकै टिकटको लागि दौडधुपमा लागेका छन् । तीन नेता मध्ये एक जनाले टिकट पाउने छन् । कैलाश ढुंगेल र माधव ढुंगेल दुवै जना पार्टी अध्यक्ष केपी शर्मा ओली टिकट भएर काम गर्दै आएका छन् । त्यसैगरी गौतम भने उपाध्यक्ष विष्णु पौडेल टिकट मानिन्छन । भोली बेलुकासम्म टिकट पाउने नेताको टुंगो लागिसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्