नेपाल विद्यार्थी संघ रामेछापको अध्यक्षमा बुढाथोकी चयन



२० असोज, रामेछाप ।
नेपाल विद्यार्थी संघ रामेछापको अध्यक्षमा विनोद बुढाथोकी चयन भएका छन् । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समितिको निर्णय अनुसार बुढाथोकीलाई रामेछापको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी बुढाथोकीलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको नेपाल विद्यार्थी संघको अध्यक्ष दुजाङ शेर्पाद्धारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्