सत्ता गठबन्धनबाट रामेछापमा कान्छारामले पाए संघको टिकट !



२० असोज, रामेछाप ।
सत्ता गठबन्धनबाट रामेछापको संघको टिकट नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले पाउने करिब निश्चित भएको छ । सत्ता गठबन्धनमा संघको टिकट कांग्रेस लिने र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले लिने समझदारी भएको हो । स्रोतले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार संघको टिकट सभापति तामाङले पाउने निश्चिजस्तै भएको छ ।

सत्ता गठबन्धनमा अझै केही निर्वाचन क्षेत्रको विषयमा समझदारी बन्न नसक्दा टिकट वितरणमा ढिलाई हुँदै आएको छ ।
गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकोतर्फबाट उम्मेदवार बनेका तामाङले बाम गठबन्धन हुँदा करिब ६ हजार मतले पराजित भएका थिए । यस पटक गठबन्धन भएको अवस्थामा सहजै निर्वाचन जित्ने आकलन कांग्रेसले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्