रामेछापमा एमालेको टिकटः संघमा ढुंगेल, प्रदेशमा पौडेल र घिसिङ



२२ असोज, रामेछाप ।
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि टिकटको टुंगो लगाएको छ । त्यसैगरी रामेछापको एउटा निर्वाचन क्षेत्र र दुई वटा प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको निर्णय गरेको हो ।


एमालेले कैलाश ढुंगेललाई संघ र शान्ति पौडेल र मिलन घिसिङलाई प्रदेशसभाको टिकट दिएको छ । ढंगेल यसअघि रामेछाप प्रदेश ख र प्रदेश ख बाट शान्ति पौडेल निर्वाचित भएका थिए । यस पटक ढुंगेलले संघको टिकट पाएका छन् । मिलन घिसिङ भने नयाँ अनुहार हुन् ।

प्रतिक्रिया दिनुहोस्