रामेछापमा संघको टिकट कान्छारामलाई , प्रदेशमा माओवादीबाट श्रेष्ठ र तामाङको चर्चा



२२ असोज, रामेछाप ।
सत्ता गठबन्धनको निर्णय अनुसार रामेछापको प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेस रामेछाप सभापति पूर्ण बहादुर तामाङलाई टिकट दिने निर्णय गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनसँग झिनो मतले पराजित भएको कान्छारामलाई यस पटक पुनः सत्ता गठबन्धनले संघको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
गठबन्धनले संघको टिकटको टुंगो लगाए पनि रामेछापको दुई वटा प्रदेश पाएको नेकपा माओवादी केन्द्रले भने अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन् । हिजो बेलुकी आठ बजे प्रदेश क मा तारानारायण श्रेष्ठ र प्रदेश ख मा डिल्लीमान तामाङको टुंगो लागेको स्रोतले रामेछाप न्युजलाई बतायो । स्रोतका अनुसार उक्त सूचि फेरबदल नभएको अवस्थामा संविधानसभा सदस्यद्धय श्रेष्ठ र तामाङ नै माओवादीबाट उम्मेदवार बन्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्