रामेछापमा यात्रुसँग बढी भाडा लिने सवारी साधनलाई ठाउँको ठाउँ कारवाही, बढी लिएकाे पैसा फिर्ता गराइयो



२२ असोज, रामेछाप ।
रामेछापमा दशैको मौका छोपेर बढी भाडा लिने सवारी साधनमाथि प्रहरीले कारवाही सुरु गरेको छ । यात्रुहरुको गुनासोको आधारमा जिल्लाा प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको संयुक्त चेकजाँगमा सवारी साधनमा सवार यात्रुसँग बढी भाडा लिने सवारी साधनमाथि कारवाही सुरु गरिएको छ ।

शुक्रवार चेकजाँच गर्ने क्रममा दोलखाको मालुखोलाबाट काठमा जादै गरेको बा १ ज ९४६६ र बा १ ज ८९२८ नम्बरको माइक्रो बसलाइ चेक गर्दा काठमाडौंसम्मको भाडा ८८० रहेकामा १२०० का दरले भाडा लिएको पाइएको थियो । उक्त बढी लिएको ३२० भाडा सम्बन्धित यात्रुलाइ फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए । उनका अनुसार बढी भाडा लिने सवारी साधनलाई दुई हजार रुपैयाँ जरिवाना गरेर छोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्