रामेछापको खाँडादेवी गाउँपालिकाबाट काठमाडौं जादै गरेको बस दुर्घटना



२३ असोज, रामेछाप ।
रामेछापमा बस दुर्घटना भएको छ । खाँडादेवी गाउँपालिकाबाट काठमाडौं जादै गरेको बा ३ ख ४०४८ नम्बरको रिर्जभ वस खाँडादेवी गाउँपालिका–३ भिरपानीको गुन्डुखोला भन्ने ठाउँमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार रिजर्भ बस ओरालो मोडमा अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा सवार १६ जना मध्ये १३ जना घाइते भएका हुन् । डिएसपी थिङका अनुसार घाइतेहरुको उद्दार गरी थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ ।

यी हुन घाइते हुनेहरुः

 १) जिल्ला रामेछाप खाँडादेवि ७ पात्ले बस्ने बर्ष अं.३४ को युबराज तामाङ टाउकोमा चोट ,मध्यम ।

२) ऐ ऐ बस्ने बर्ष अं.२९ को अजय तामाङ बायाँ हात र ढाडमा चोट ,सामान्य ।

३) ऐ ऐ बस्ने बर्ष अं.२७ को सुस्मिता तामाङ टाउकोमा चोट ,सामान्य ।

४) ऐ ऐ बस्ने बर्ष अं. २३ को रस्मि तामाङ खुट्टा र बायाँहातमा चोट ,सामान्य ।

५) ऐ ऐ बस्ने बर्ष अं. १८ की सपना तामाङ टाउकोमा चोट ,सामान्य ।

६) ऐ ऐ बस्ने बर्ष अं.३० को रमेश तामाङ हातमा चोट सामान्य

७) ऐ ऐ बस्ने बर्ष अं.२४ को बास्ना घिसिङ टाउकोमा चोट मध्यम ।

८) ऐ ऐ बस्ने बर्ष अं. २४ को बिकाश तामाङ नाकमा चोट सामान्य ।

९) ऐ ऐ बस्ने बर्ष अं.३३ को श्याम लामा निधारमा चोट सामान्य ।

१०)ऐ ऐ बस्ने बर्ष अं. ४२ की रिता घिसिङ शरिरमा भित्री चोट अबस्था बेहोस ।

११)ऐ खाँडादेवि ३ बस्ने बर्ष अं. १५ की प्रेरणा श्रेष्ठ टाउकोमा चोट अबस्था मध्यम ।

१२) ऐ खाँडादेवि ७ बस्ने बर्ष अं. २८ की सुमित्रा कार्की टाउको र बायाँ हातमा चोट सामान्य ।

१३)ऐ ऐ बस्ने बर्ष २८ को धनराज तामाङ टाउकोमा चोट मध्यम

प्रतिक्रिया दिनुहोस्