रामेछापमा सत्ता गठबन्धनका उम्मेदवारले दर्ता गराए उम्मेदवारी (फोटोफिचर)



२३ असोज, रामेछाप ।
रामेछापमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभामा टिकट पाएका उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गराएका छन् । आज सदरमुकाम मन्थलीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पूर्ण बहादुर तामाङ कान्छाराम, रामेछाप प्रदेश क मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका तारानारायण श्रेष्ठ र प्रदेश ख माओवादी केन्द्रबाट उम्मेदवार बनेका युवराज चौलागाईले उम्मेदवारी दर्ता गराएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्